Sunday 25th October 2026

कोरियामा जान चाहने युवाहरू बढे, ८४ भन्दा बढि यस वर्ष परिक्षामा सहभागी


तितोपाटी – सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नेपाली रोजगारका लागि विदेश जानुनपर्ने बताए पनि सरकारले दक्षिण कोरियासहित विभिन्न मुलुकमा रोजगारीका लागि श्रम सम्झौता बढाएको छ । अहिले दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली इपीएस मार्फत सन् २०२० का लागि कामदार लैजाने सम्झौता अनुसार शनिवार भाषा परीक्षा सम्पन्न भएको छ ।

भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जना युवाले फारम भरेकोमा ८४ हजार २ सय १५ जना परीक्षामा सहभागि भएको बैदेशिक रोजगार विभागले जनाएको छ । कोरियन सरकारको मापदण्ड अनुसार १८ वर्षदेखि ३९ वर्ष उमेर समुहकाहरुले भाषा परिक्षामा सामेल भएका छन ।

नेपालबाट ठूलो जनशक्ति रोजगारका लागि श्रम बेच्न विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न भन्दै सरकारले गत फागुन १ गतेबाट सुभारम्भ गरी सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमबारे नै युवाहरु बेखबर छन् । उनीहरुले बेरोजगारी समस्या समाधान गर्न रोजगारका लागि विदेशमा पलायन हुनु पर्ने बाध्यता रहेको बताए । परीक्षाको नतिजा आगामी असार १३ गते प्रकासित हुने छ ।

सरकारले रोजगारी दिन नसके १ सय दिनको भत्ता समेत बेरोजगारलाई उपलब्ध गराउने बताउदै आएको थियो तर यो समेत कार्यान्वयनमा आएन । यो भत्ता समेत प्राविधिक कारणले उपलब्ध गराउन नसकिएको सरकारी भनाई छ । मुलुकलाई आवश्यक पर्ने १८ देखि ३९ उम्मेर समुहका युवाहरुको रोजगारीका नाममा विदेश पलायनले मुलुकलाई ठुलो असर पर्ने भएपनि सरकार गम्भीर नदेखिएको कतिपयको विश्लेषण छ ।

-न्यूज२४नेपाल बाट


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...