Friday 2nd October 2026

कुवेतमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम विच एकता हुँदै


तितोपाटी – कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आगामी २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ । वि.सं. २०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी  गठन भए पश्चात पार्टीको आगिक निकाय र जनबर्गिय संगठनहरू र प्रवास संगठनहरू एकिकरण हुने क्रममा पार्टी केन्द्रिय कार्यलयले पठाएको सर्कुलर अनुसार कुवेतमा एकता घोषणा हुन लागेको हो ।

तत्कालीन नयाँ शक्ति पार्टीका भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत(नयाँ शक्ति) र संघीय समाजवादी फोरमको भातृ संगठन नेपाली संघीय समाज कुवेत(संघीय समाजवादी फोरम)को एकता प्रकृयालाइ मुर्त रूप दिन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको तर्फबाट जय नारायण थारूको संयोजकत्वमा ३ सदस्सीय र नेपाली संघीय समाज कुवेतको तर्फबाट खकुरा किरातको संयोजकत्वमा ३ सदस्सीय  गरी ६ सदस्सीय एकता संमायोजन समिति गठन गठन भएकोमा हिँजो मिति २०७६ साल ज्येष्ठ २२ गते कुवेतको फरवानिया स्थित फरवानिया पार्कमा दुबै संगठनका अध्यक्षहरूको सभाध्यक्षतामा वृहत छलफल गरी समायोजन समितिले पेश गरेको प्रतिवेदनलाइ पारित गर्दै पार्टीको एकता घोषणा कार्यक्रम तय गरिएको हो ।

तय गरिएको कार्यक्रममा पार्टी केन्द्रिय कार्यलयको सर्कुलर अनुसार प्रवास शाखा अन्तर्गतको नाम अन्तर्राष्ट्रिय नेपाली समाज(INS) नै राख्ने निर्णय गर्दै कुवेतमा रहेका विभिन्न संघ, सँस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी, कलाकार, साहित्यकर्मी लगायत पार्टी प्रति आस्थावान तथा पार्टीमा आवद्ध हुन चाहने सबैलाइ उक्त एकता घोषणा कार्यक्रममा उपस्थित हुन निमन्त्रणा तथा आव्हान गर्दै निम्न स्थान र समयमा उपस्थितिको लागि तत्कालिन दुइवटै संगठनका अध्यक्षहरूले अनुरोध गर्दै कुवेतमा कृयाशिल संघ सँस्था तथा मिडियाकर्मी सबैलाइ पत्राचार गरिने तथा कथं कदाचित निमन्त्रणा पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाइ आधार मानी उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सफल पार्न सबैसँग आग्रह गरेका छन् । उक्त दिन कुनै पनि संघ संस्था तथा समुदायले कुनै पनि सार्वजनिक कार्यक्रम नजुधाइदिनुहुन पनि आयोजकहरूले आग्रह गरेका छन् ।

कार्यक्रमको विवरणः

स्थानः युनिक अडिटोरियम हल फरवानिया, ब्लक – ३, अल हाइतम रेष्टुरेन्टको पछाडी पट्टी ।                                                    मितिः २१ जुन २०१९ शुक्रबार ।                                                                                                                                                  समयः दिनको ठिक ११ः३० बजे ।

विस्तृत जानकारीको लागि सम्पर्कः ६५९९३६५०

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...