तितोपाटी- गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ । एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा…
तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…
हरि कृष्ण न्यौपाने- कुवेतमा आज ७ अगष्ट २०१९ को दिन सवारी दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् । उनीहरूको बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक…
तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…
तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…
तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र…
तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो । सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी…
तितोपाटी -सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारी खेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक…
![]()