Thursday 30th July 2026

नेवाः गुठी कुवेतको पुनर्गठन, अध्यक्षमा सुरज मास्के


तितोपाटी – नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित नयाँ कार्य समितिमा सुरज मास्के अध्यक्ष चयन भएका छन् । गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्य समितिलाइ विघटन गरि मास्केको अध्यक्षतामा सर्व सम्मतिबाट १७ सदस्सीय नयाँ कार्य समिति गठन गरेको कुरा नेवाः गुठीको नव निर्वाचित प्रथम उपाध्यक्ष एवं कोसेली समुहका कोषाध्यक्ष तथा सम्वाददाता राजन श्रेष्ठले तितोपाटी डट कम लाइ जानकारी दिएका हुन्।

नव गठित कार्य समितिमा पुर्व अध्यक्ष शिब कुमार श्रेष्ठ संरक्षक रहेका छन् भने प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्वित्तीय उपाध्यक्षमा मंगल डंगोल, तृतीय उपाध्यक्षमा पदम कुमार श्रेष्ठ र महिला उपाध्यक्षमा बिमला श्रेष्ठ रहेकी छन् । त्यसै गरि महासचिवमा नबिन सन श्रेष्ठ, सचिवमा ध्रुब कुमार श्रेष्ठ, कोषाध्यक्षमा जुजुकाजी महर्जन तथा सह-कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठ रहेका छन् ।

नव गठित कार्य समितिमा खेलकुद विभाग र संस्कृति विभाग पनि गठन गरिएको छ जसमा खेलकुद विभाग प्रमुखमा हर्क श्रेष्ठ रहेका छन् भने उप प्रमुखमा दिल श्रेष्ठ रहेका छन्  । त्यसै गरि संस्कृति विभाग प्रमुखमा उदाश श्रेष्ठ रहेका छन् भने उप प्रमुखमा मुकेश शाक्य रहेका छन् ।

कल्याण श्रेष्ठ, यादब श्रेष्ठ, राधेश्याम श्रेष्ठ र सानुकाजी महर्जन सल्लाहकार रहेको नयाँ कार्य समितिका सदस्यहरूमा राम कुमार श्रेष्ठ, मिरा श्रेष्ठ, रोशन श्रेष्ठ, ज्योती श्रेष्ठ, राजु श्रेष्ठ, इलाज श्रेष्ठ, बाल कुमार महर्जन र श्रीकुमार श्रेष्ठ रहेका छन् ।

गठन भए लगत्तै विभिन्न निर्णयहरू गर्दै संस्थालाइ बलियो बनाउनको लागि संस्थाको एउटा छुट्टै बचत कोष संचालन गर्ने  तथा अागामी अक्टोबर २५ तारिक शुक्रबार काग तिहारको दिन कुवेतमा म्हः पुजा गर्ने  जनाउको छ ।

सन २०११ मा तत्कालिन अभियन्ताहरू नबराज श्रेष्ठ, हर्क श्रेष्ठ, तेज बहादुर श्रेष्ठ  लगायत एक भइ जातीय भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन तथा जातीय हक, हित र उन्नतीको लागि प्रवाशबाट पनि कृयाशिल रहनु पर्दछ भन्दै गठन भइ कृयाशिल रहेको नेवा गुठी कुवेतले विभिन्न सांस्कृतिक झाँकी, नेवारी भोज तथा खेलकुद प्रतियोगताहरू गराउँदै अाएको थियो भने केहि समय यता अलि सुस्ताएर ओझेलमा परे झैं भएको नेवाः गुठी कुवेतले अब भने गति लिएर सांस्कृतिक लाखे नाच, नेवारी भोज र विभिन्न खेलकुद पुनः सुचारू गर्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...