Thursday 10th September 2026

कुवेतबाट ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग


तितोपाटी-नुवाकोट धादिंग रसुवा समाज कुवेतले ब्लड क्यान्सर पिडित आसिमा तामांगलाइ आर्थिक सहयोग गरेको छ।

नुवाकोट जिल्लाको किस्पंग गाउपालिका स्थित घर भएकी पिडित तामांग हाल कान्तिबाल अस्पतालमा उपचार्रथ रहेकी छिन । ब्लड क्यान्सर पीडित तामांगको उपचारका लागी धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा उपचारमा आर्थिक अभावका कारण समाजले पनि केहि सहयोग पुर्याउने उद्दश्यले आफ्नो प्रथम वार्षिकउत्साव बाट संकलित रकम ने, ३७ हजार, ५ सय ५९ रुपैया हस्तान्तरण गरिएको अध्यक्ष तामांगले बताएका छन।

नुवाकोट धादिङ रसुवाका सम्पुर्ण दिदिबहिनी दाजुभाईहरु लाई एकीकृत गर्दै संगठित (आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य) भन्ने मुल नाराकासाथ सन २०१७ मा स्थापना गरिएको उक्त संस्थाले सामाजिक कार्यका अलवा आर्थिक सहयोग पनि गर्दै आएको छ। त्यस्तै सहयोगमा संलग्न सहयोगी हातहरुप्रति कृतज्ञता प्रकट गर्दै अध्यक्ष तामांगले पिडित तामांगको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि समाजले यस्ता अभियान जारी राख्ने बताए ।

गत हप्ता बुधबारको दिन समाजले नेपाल पठाएको उक्त संकलित रकम , राज दिम्दुङ लगायत तामाङ आवाज परिवार द्वारा हस्तान्तरण गरिएको थियो । पीडितका बुवा सुर्य तामाङले सम्पुर्ण सहयोगी मन हरु प्रति हार्दिक नमन व्यक्त गर्दै, सहयोग गर्न चाहनु हुने दिदिबहिनीदाजुभाईहरु लाई सहयोग गरि आफ्नो कलिलो उमेरमा जिबन मृत्यु संग लडीरहेकी छोरीको ज्यान बचाईदिन सहयोगको अपील गरेका छन् ।
सहयोग गर्न ईच्छुकले ९८१०१७८८०८ मा सम्पर्क गर्न सक्नुहुने छ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...