Thursday 16th May 2024

तलब नपाएको झोकमा मलेशियामा नेपालीद्वारा सुपरभाइजरको हत्या


तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन ।

स्थानीय सञ्चार माध्यमका अनुसार ति नेपाली गार्डले तलव नपाएको झोंकमा हेल्मेटले कुुटेर मरणासन्न बनाएका ति सुपरभाइजर पछि मृत भेटिएका थिए । ति सुपरभाइजर ५४ वर्षिय लि पोह मेङ भएको बताइएको छ । ति व्यक्ति कर्मचारीको शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको सीसीटीभी फुटेजमा १ तारिख बेलुकी ६ बजेर १० मिनेटमा ति नेपाली सुरक्षा गार्डले कुटपीट गरेका थिए ।

घटनापछि प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई घटना भएको अपार्टमेण्टबाट नै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दुईजना नेपाली सुरक्षा गार्र्ड तथा एकजना सुरक्षा गार्ड व्यवस्थापक भएको बताइएको छ ।

साभार-देश परदेश


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...