Friday 2nd October 2026

तलब नपाएको झोकमा मलेशियामा नेपालीद्वारा सुपरभाइजरको हत्या


तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन ।

स्थानीय सञ्चार माध्यमका अनुसार ति नेपाली गार्डले तलव नपाएको झोंकमा हेल्मेटले कुुटेर मरणासन्न बनाएका ति सुपरभाइजर पछि मृत भेटिएका थिए । ति सुपरभाइजर ५४ वर्षिय लि पोह मेङ भएको बताइएको छ । ति व्यक्ति कर्मचारीको शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको सीसीटीभी फुटेजमा १ तारिख बेलुकी ६ बजेर १० मिनेटमा ति नेपाली सुरक्षा गार्डले कुटपीट गरेका थिए ।

घटनापछि प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई घटना भएको अपार्टमेण्टबाट नै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दुईजना नेपाली सुरक्षा गार्र्ड तथा एकजना सुरक्षा गार्ड व्यवस्थापक भएको बताइएको छ ।

साभार-देश परदेश


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...