Thursday 30th July 2026

झापाली समाजले तीज विशेष शुभकामनाको साथमा दर तथा साहित्य वाचन कार्यक्रम गर्यो


तितोपाटी – झापाली समाज कुवेतले हरितालिका तीजको छेको पारेर तीज विशेष शुभकामना अादान-प्रदान, साहित्य वाचन  तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिँजो शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कुवेत स्थित विभिन्न संघ सँस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, साहित्यप्रेमी एवं झापाली समाजका शुभचिन्तकहरूको साथमा झापाली समाज कुवेतका अधिकांश सदस्यहरूकाे उपस्थिति रहेको थियो भने  कार्यक्रममा शुभकामना, साहित्य वाचनको साथमा गीत तथा तीज विशेष पहिरनमा सजिएका दिदी बहिनीहरूको उल्लेख्य उपस्थितिमा तीज विशेष गीतहरूमा छमछम्ती  नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जानकी ओझा लगायत एनअारएनए कुवेतकी संरक्षक सुमित्रा देवी पाैडेल, पत्रकार महासंघका सचिव एवं कोसेली समुहका अध्यक्ष अानन्द अाचार्य, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष इन्द्र प्रसाद पोखरेल, नेपालकुवेत साँस्कृतिक मञ्चका संरक्षक माधब शर्मा, परदेशीखबर डट कम कि प्रधान सम्पादक नैना कला राइ, सुदुरपश्चिमेली समाजका अध्यक्ष अमर खड्का, झापाली समाजका संरक्षक एवं  अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार ध्रुब कुमार संग्राैला, हिमाली संचारका सम्पादक हरि बानिया, एनअारएनएका सह-कोषाध्यक्ष पुर्ण श्रेष्ठ लगायतले झापाली समाजले गरेका राम्रा कार्यहरूकाे प्रसंशा गर्दै प्रवासमै भए पनि नेपाली चाडबाड, कला, संस्कृति, प्रथा परम्परा कायम राख्दै भाषा साहित्य समेत समेटेर नेपालको झल्को मेटाउने गरि तीज विशेष कार्यक्रम गरेकोमा शुभकामना दिएका थिए ।

संस्थाका महासचिव प्रसाद तिम्सिनाको संचालन तथा रामचन्द्र न्याैपानेको स्वागत रहेको उक्त  कार्यक्रममा तीज विशेष मुक्तक, कवित तथा गजलहरू पनि वाचन गरिएको थियो भने साहित्य वाचकहरूलाइ समाजले प्रमाण-पत्र प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष हिमाल अञ्जान, अमर खड्का, नैना कला राइ, तिलाचन बस्याल, निरूमाया खड्का, राज श्रेष्ठ, सिर्जना पाण्डे, प्रविन अाचार्य लगायतको साहित्य वाचन रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...