Wednesday 7th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षामाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा सम्झिने गरिन्छ। यस अवसरमा कुवेती नागरिकहरूले देशको स्वतन्त्रता र राष्ट्रिय अस्तित्वको रक्षा गर्न जीवन उत्सर्ग गर्ने सहिदहरूको बलिदान तथा कठिन परिस्थितिमा पनि एकताबद्ध…

Image

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD 150) शुल्क निर्धारण गरेको छ। यो व्यवस्था आन्तरिक मन्त्रालयको निर्णय नं. १०९१/२०२६ मार्फत लागू गरिएको हो। नयाँ संशोधनअनुसार, भिजिट भिसामा कुवेत आएका योग्य व्यक्तिहरूले रेसिडेन्सीमा परिवर्तन गर्दा अनिवार्य रूपमा उक्त…

Image

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ। मध्यपूर्व विश्वकै प्रमुख तेल उत्पादन क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा द्वन्द्व, सैन्य तनाव वा आपूर्ति अवरोधको जोखिम बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रायः माथि जाने गर्छ। तेलको मूल्य बढ्दा उत्पादन…

Image

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई आवश्यक परे मध्यपूर्व छाड्ने तयारी गर्न आग्रह गरेका छन्। अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा "क्षेत्रको सुरक्षा अवस्था निरन्तर जटिल बन्दै गएको छ…

Image

क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो, सुमी, खार्किभ र पोल्टाभा क्षेत्रमा आक्रमण भएको छ। आक्रमणमा १८ भवन, विद्यालय, लिथुआनियाली दूतावास र अन्य पूर्वाधार क्षतिग्रस्त भएका छन् । रुसले प्रक्षेपण गरेका २७ मध्ये केवल १ मिसाइल मात्र…

Image

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु संख्या बढेर कम्तीमा ६७ पुगेको बताएका छन्। इटालीले अस्थायी रूपमा स्पेनसँगको शेन्जेन सम्झौता निलम्बन गरेको छ, जसलाई फिनल्याण्ड र डेन्मार्कले समर्थन गरेका छन्। चेक प्रधानमन्त्री आन्द्रेज बाबिसले स्पेनको शेन्जेन सदस्यता…

Image

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको छ। पुर्जाको कम्पनी एलाइट एक्स्पेडिसनले साउन १६ गते निधनको पुष्टि गरेको छ। हिमपहिरोमा पुर्जासहित उनका आरोहण साझेदार पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पाको पनि निधन भएको छ। पुर्जाले सन् २०१९…

Image

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स फोर्स (IDF) का अनुसार उक्त कारबाहीमा करिब ७०० टन विस्फोटक प्रयोग गरिएको थियो। इजरायली सेनाका अनुसार उक्त सुरुङ सञ्जाल लामो समयदेखि निर्माण गरिएको भूमिगत सैन्य संरचना थियो, जसलाई हिजबुल्लाहको कमान्ड,…

Image

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जुलाई ३१ को दिउँसो १ बजेसम्म २५ हजार मानिस सिउटाबाट मोरक्को फर्किसकेका छन्। हाल प्रति मिनेट करिब १५० जनाको दरले फर्काउने प्रक्रिया जारी रहेको पनि…

Image

श्रीलङ्काको कोलम्बोस्थित स्थायी उच्च अदालतको विशेष इजलासले सन् २०१९ को ईस्टर सन्डे आत्मघाती बम विस्फोट रोक्न असफल भएको अभियोगमा पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पूजित जयसुन्दरालाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनीमाथि लगाइएका ८५५ मध्ये ८५४ अभियोगमा दोषी ठहर गर्दै गम्भीर लापरबाहीका कारण सयौँ नागरिकको ज्यान गएको निष्कर्ष निकालेको हो। अदालतका…