Monday 21st September 2026

भोटेकोशीको विनाशकारी बाढी: ७२४ भन्दा बढीको मृत्यु, ३ हजार भन्दा बढी अझै बेपत्ता


चीनको स्वसाशित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरू मध्ये कतिलाइ बाढीले बगाएको आशंका गरिएको छ भने कतिपय अझै विभिन्न जलविद्युत् आयोजनाका सुरूङभित्र फसेको अनुमान गरिएको छ ।

उद्धारकर्मीहरूले त्रिशुली-३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिहरूलाई लक्षित गर्दै हावा पठाउने कार्य सुरु गरेका छन्। यद्यपि, सुरुङभित्र रहेका सम्भावित पीडितहरूसँग हालसम्म प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा करिब ३,००० जना मानिस अझै बेपत्ता रहेका छन्। तीमध्ये विभिन्न देशका विदेशी नागरिकहरू पनि रहेका छन्।

यसैबिच प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकाले आफ्नो मानवीय सहायता बढाएर ३.६ मिलियन अमेरिकी डलर पुर्‍याएको छ।

बाढीका कारण नेपालमा ७२४ भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने चीनमा कम्तीमा १६ जनाको ज्यान गएको छ। मृतकको संख्या निरन्तर बढिरहेकाले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूलाई शव व्यवस्थापन तथा राहत वितरणमा चुनौती थपिएको छ।

आफ्ना परिवारका सदस्य र आफन्तहरूसँग सम्पर्क टुटेका कारण धेरै मानिसहरू अस्पताल, स्वास्थ्य केन्द्र तथा शवगृहमा पुगेर जानकारी खोजिरहेका छन्। नेपाल मात्र होइन, भारत,अमेरिका, बेलायत लगायत अन्य देशहरूमा रहेका परिवारजनहरू पनि आफ्ना प्रियजनको अवस्थाबारे कुनै समाचारको प्रतीक्षामा रहेका छन्।

अधिकारीहरूले मौसममा सुधार आएसँगै खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताएका छन्। यो बाढीलाई नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो र विनाशकारी मानवीय विपत्तिमध्ये एक मानिएको छ।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...