Wednesday 21st October 2026

भोटेकोसी बाढी प्रभावितका लागि चीनद्वारा ५० टन राहत सहयोग


रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला विमान आइतबार काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका ती विमानहरू करिब तीन घण्टाको यात्रापछि बिहान ७ बजे काठमाडौं अवतरण गरेका हुन्।

विमानमार्फत पाल (टेन्ट), कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाद्य सामग्री तथा प्राथमिक उपचार किटसहित कुल १३ हजार २०० थान राहत सामग्री नेपाल ल्याइएको छ। साथै, चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र उद्धार सामग्री पनि नेपाल आएका छन्।

चीनले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...