Monday 21st September 2026

भोटेकोसी बाढी प्रभावितका लागि चीनद्वारा ५० टन राहत सहयोग


रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला विमान आइतबार काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका ती विमानहरू करिब तीन घण्टाको यात्रापछि बिहान ७ बजे काठमाडौं अवतरण गरेका हुन्।

विमानमार्फत पाल (टेन्ट), कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाद्य सामग्री तथा प्राथमिक उपचार किटसहित कुल १३ हजार २०० थान राहत सामग्री नेपाल ल्याइएको छ। साथै, चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र उद्धार सामग्री पनि नेपाल आएका छन्।

चीनले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...