Wednesday 28th October 2026

युक्रेनमा रुसी आक्रमणमा ३७ जनाको मृत्यु


युक्रेनको राजधानी किभ नजिकको माइला क्षेत्रमा रहेको सैन्य हतियार भण्डारण केन्द्रमा भएको रुसी आक्रमणपछि ठूलो विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। घटनामा ४२ जना घाइते भएका छन्।

आक्रमणपछि गोदाममा भण्डारण गरिएका गोला–बारुद, बारुदी सुरुङ र ड्रोनहरू विस्फोट हुँदा व्यापक क्षति भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनले यस्तो हतियार भण्डारण केन्द्र आवासीय क्षेत्र नजिक राख्नु नहुने बताएका छन्।

यस्तै, किभमा भएको छुट्टै रुसी ड्रोन आक्रमणमा थप ८ जना घाइते भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...