Monday 21st September 2026

युक्रेनमा रुसी आक्रमणमा ३७ जनाको मृत्यु


युक्रेनको राजधानी किभ नजिकको माइला क्षेत्रमा रहेको सैन्य हतियार भण्डारण केन्द्रमा भएको रुसी आक्रमणपछि ठूलो विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। घटनामा ४२ जना घाइते भएका छन्।

आक्रमणपछि गोदाममा भण्डारण गरिएका गोला–बारुद, बारुदी सुरुङ र ड्रोनहरू विस्फोट हुँदा व्यापक क्षति भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनले यस्तो हतियार भण्डारण केन्द्र आवासीय क्षेत्र नजिक राख्नु नहुने बताएका छन्।

यस्तै, किभमा भएको छुट्टै रुसी ड्रोन आक्रमणमा थप ८ जना घाइते भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...