Wednesday 7th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र केही घाइते भएको जनाएको छ। यमनी सेनाका अनुसार, हुथी समूहले सरकारी नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा बलले प्रतिकार गरेको थियो। त्यस क्रममा तोपखाना प्रयोग गरिएको र ठूलो…

Image

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन् २०१३ मा चीनले म्यानमारको समुद्री बन्दरगाह सहर क्याउकफ्यु (Kyaukphyu) बाट चीनको सीमासम्म प्राकृतिक ग्यास पाइपलाइन निर्माण गरेको थियो। त्यसपछि सन् २०१७ मा त्यसकै समानान्तर तेल पाइपलाइन पनि सञ्चालनमा ल्यायो। यी…

Image

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ। मुख्यमन्त्री डीके शिवकुमारले सोमबार आफ्नो मन्त्रिपरिषद्मा थप १९ मन्त्रीलाई शपथ गराएपछि ३३ सदस्यीय मन्त्रिपरिषद् पूर्ण रूपमा पुरुषमात्र बनेको हो। सुरुमा पार्टी हाईकमान्डले तयार पारेको सूचीमा गायत्री शान्तिगौडाको नाम पनि समावेश…

Image

चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी र ग्वाङ्डोङ क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेको भन्दै दोस्रो उच्चस्तरको वर्षा चेतावनी जारी गरिएको छ। शान्सी प्रान्तमा बाढी र डुबानको जोखिम बढेपछि जुलाई ३० यता ८७,९८७ जनालाई सुरक्षित स्थानमा सारिएको…

Image

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण गाजा सिटी, खान युनिस र देइर अल-बलाह क्षेत्रमा गरिएको बताइएको छ। प्यालेस्टिनी अधिकारीहरूका अनुसार खान युनिसमा एकै परिवारका बुबा, आमा र ९ वर्षीय छोराको ज्यान गएको छ भने अन्य आवासीय…

Image

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन रक्स टापुमा ठूलो संख्यामा ग्रेटर क्रेस्टेड टर्न (समुद्री चरा) मरेका वा बिरामी परेको परीक्षणबाट पुष्टि भएको हो। हालसम्म देशभर ७८ वटा बर्ड फ्लु संक्रमणका घटना पुष्टि भएका छन्। तीमध्ये ५८…

Image

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लाको कबल क्षेत्रमा आयोजित आतंकवादविरोधी तथा शान्तिको माग गरिएको र्‍यालीमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८ जना प्रहरी रहेका छन् भने करिब २२ देखि २४ जना घाइते भएका छन्। प्रहरीका अनुसार आत्मघाती हमलाकारीले प्रहरी चौकीभित्र प्रवेश गर्ने प्रयास गरेको थियो,…

Image

दक्षिण भारतमा लगातार परेको भारी वर्षा र बाढीका कारण केरलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ७,७०० मानिसलाई सुरक्षित स्थानमा सारेर २७५ राहत शिविरमा राखिएको छ। केरलामा बाढी प्रभावित क्षेत्रमा सरसफाइ तथा राहत कार्य सुरु गरिएको छ। मौसम अधिकारीहरूले सोमबार पनि केही क्षेत्रमा मध्यम वर्षा र तीव्र हावाहुरीको…

Image

क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा उत्रिएका छन्। हडतालका कारण वेस्टजेटले ४९५ उडान रद्द गरेको छ, जसले करिब २.५ लाख यात्रुहरूको यात्रा प्रभावित भएको कम्पनीले जनाएको छ। विवादको मुख्य विषय उडान अघि र पछि जमिनमै गरिने…

Image

अमेरिकाको वासिङ्टन राज्यको स्पोकेन क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण करिब ६०,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोले हालसम्म ६०० भन्दा बढी घर, व्यवसाय र अन्य संरचना नष्ट गरेको अधिकारीहरूले बताएका छन्। सप्ताहन्तमा मात्रै स्पोकेन आसपासका आगलागीले करिब २१ वर्ग किलोमिटर क्षेत्र जलाएको छ। राज्यभर फैलिएका दर्जनौं डढेलोका कारण संघीय, राज्य…