Wednesday 21st October 2026

भोटेकोशी-त्रिशुली बिनाशकारी बाढीमा मर्नेको संख्या ७८१ पुग्यो


रसुवा स्थित भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८१ पुगेको छ भने ३,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।

गत बुधबार आएको हिम, चट्टान, माटो र ढुंगामिश्रित भीषण बाढीले नेपालका रसुवा, नुवाकोट धादिङ जिल्ला लगायतका नदी किनारका बस्तीहरूमा व्यापक क्षति पुर्‍याएको हो। नेपालमा ७८१ जनाको मृत्यु भएको र २,५०२ जना बेपत्ता छन् भने चीनको जिरोङ काउन्टीमा १६ जनाको मृत्यु तथा ५४६ जना हराइरहेका छन्। तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको बताइएको छ।

अविरल वर्षा, नदीको बढ्दो सतह र नयाँ पहिरोको जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भए पनि नेपालले करिब १० हजार सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरेर उद्दार कार्य गरिरहेको छ भने चीन र भारतका विशेषज्ञ टोलीहरू पनि उद्धारमा संलग्न छन्। विशेष गरी त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाहरूमा फसेकाहरूको खोजी कार्य तीव्र बनाइएको छ।

रेडक्रसका अनुसार ९० हजारभन्दा बढी मानिस यस विपत्तिबाट प्रभावित भएका छन्। घटनापछि नेपालमा पहिचान हुन नसकेका सयौँ शवहरूको अल्पकालिन व्यवस्थापन गरिएको छ। भविष्यमा पहिचान गर्न सकियोस् भनेर डीएनए नमुना संकलन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...