Tuesday 13th October 2026

नेपाल–तिब्बत बाढी विपत्तिमा मर्नेको संख्या ९१९ पुग्यो, ४,७९३ बेपत्ता


नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७ जना बेपत्ता र ९०३ जनाको मृत्यु भएको छ भने तिब्बततर्फ ५४६ जना बेपत्ता र १६ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपालमा बेपत्तामध्ये ९३३ जना जलविद्युत् आयोजनाका कामदार, ४५ सैनिक, ३८ प्रहरी तथा सशस्त्र प्रहरी र १८ भन्सार तथा अध्यागमन कर्मचारी रहेका छन्। नुवाकोट जिल्लामा मात्र १,१५८ जना सम्पर्कविहीन भएको बताइएको छ।

विपत्तिमा विभिन्न देशका नागरिक पनि प्रभावित भएका छन्। भारतका ४०३, अमेरिकी ८५, युक्रेनी ६१, मलेसियाली ५१, अष्ट्रेलियाली ४२, बेलायती ३३, क्यानेडियन २५ लगायत दर्जनौं देशका नागरिक बेपत्ता भएका छन्। नेपाल र चीन दुवैतर्फ गरी सयौं विदेशी पर्यटक तथा कामदार सम्पर्कविहीन रहेका छन्।

उद्धार र खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझ परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...