Monday 21st September 2026

सुरुङभित्र फसेकाको खोजी तीव्र, अन्तर्राष्ट्रिय टोली पनि उद्धारमा जुट्यो


विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू केन्द्रित भएका छन्।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको टोली ड्रोनसहित प्रवेश गरे पनि त्यहाँ कुनै व्यक्ति फेला नपरेको जनाइएको छ। तर अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बी लगायतका अन्य आयोजनाका सुरुङहरूमा अझै दर्जनौं कामदार फसेको आशंका गरिएको छ।

उद्धार अभियानमा सहयोग गर्न भारत, चीन र दक्षिण कोरियाबाट समेत विशेषज्ञ उद्धार टोली नेपाल आइपुगेका छन्। सरकारले सुरुङभित्रको उद्धार कार्य तथा मृतकहरूको डीएनए पहिचानका लागि अन्तर्राष्ट्रिय प्राविधिक सहयोग आवश्यक पर्ने जनाएको छ।

यसैबीच, अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर मिलन खरेलका परिवारजन अझै उनको अवस्थाबारे अनभिज्ञ छन्। उनकी दिदी प्रिया खरेलले सुरुङभित्र मानिसहरू जीवित रहेको सूचना आएको भन्दै आफ्ना भाइको सकुशल उद्धार हुने आशा व्यक्त गरेकी छन्। उनका अनुसार बेपत्ता, उद्धार भएका र मृतकहरूको सूचीमा समेत उनको नाम फेला परेको छैन।

रसुवास्थित त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्न नेपाली सुरक्षाकर्मीहरूले लगातार दोस्रो दिन प्रयास जारी राखेका छन्। सोमबार बिहान करिब २ बजे पहुँच मार्ग खोल्ने उद्देश्यले नियन्त्रणित विस्फोट गरिएको थियो। दुई वटा एक्स्काभेटर प्रयोग गरी करिब १० मिटर गहिरो खाडल खनिएको छ भने सुरुङभित्र जमेको पानी, हिलो र ढुंगामाटो हटाउने काम भइरहेको छ।

विपद् व्यवस्थापन निकायका अनुसार शुक्रबार सुरुङबाट १९१ जनाको उद्धार गरिएको थियो भने शनिबार थप ८८ जनालाई सुरक्षित बाहिर निकालिएको थियो। यद्यपि ९३३ जलविद्युत् क्षेत्रका कामदार अझै बेपत्ता रहेको आशंका गरिएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...