Tuesday 13th October 2026

समुद्री सतह बढ्दो, विश्वभर चिन्ता


संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू पग्लिनु यसको मुख्य कारण हो। २०२४ मा समुद्री सतह वार्षिक करिब ६ मिलिमिटरले बढेको, जुन अहिलेसम्मकै उच्च दर मानिएको छ।

हाल विश्वका करिब ७७ करोड मानिस समुद्री किनार नजिक बसोबास गर्छन् र उनीहरू बाढी तथा डुबानको जोखिममा छन्। यूएनले चेतावनी दिँदै आवश्यक कदम नचालिए सन् २०५० सम्म १.२ अर्ब मानिस विस्थापित हुन सक्ने जनाएको छ।

युरोपका धेरै तटीय क्षेत्रमा समुद्री कटान र बाढीको समस्या बढ्दो छ। बेलायत, फ्रान्स र जर्मनीका तटीय क्षेत्रहरू विशेष रूपमा प्रभावित भएका छन्।

समुद्री सतह बढ्दा घरबार, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीमा समेत असर पर्ने यूएनको भनाइ छ। विशेषगरी साना टापु राष्ट्र र आदिवासी समुदायहरू बढी जोखिममा रहेका छन्।

समस्याको समाधानका लागि यूएनले हरितगृह ग्यास उत्सर्जन घटाउन, जलवायु अनुकूलनमा लगानी बढाउन र जोखिममा रहेका समुदायलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छ।

https://unric.org/en/sea-level-rise-hundreds-of-millions-threatened-worldwide/


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...