Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतले यस वर्ष ८०औँ स्वतन्त्रता दिवस मनाउँदै स्वतन्त्रता सेनानीहरूको योगदानको स्मरण गरेको हो। राजधानी नयाँ दिल्लीको ऐतिहासिक लाल किल्लामा आयोजित मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका…

Image

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् भने घर, अस्पताल, विद्यालय र सरकारी भवनहरूमा ठूलो क्षति पुगेको छ। भूकम्पपछि सुनामी चेतावनी जारी गरिए पनि केही घण्टापछि हटाइएको थियो। प्रभावित क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सरेका छन् भने…

Image

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थिति कायमै राखेको अवस्थामा सम्झौताको कार्यान्वयन प्रभावकारी हुन नसक्ने संकेत गरेका छन्। यसैबीच, हिजबुल्लाहका प्रमुख नाइम कासिमले लेबनानी सरकारको इजरायलसँगको वार्ता प्रक्रियाको कडा आलोचना गरेका छन्।…

Image

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि डिजेल तथा पेट्रोलको मूल्य र आपूर्तिमा दबाब बढ्दा विश्वको विद्युतीय सवारी बजारमा नयाँ प्रभाव देखिन थालेको छ। विशेषगरी चीनले उत्पादन गर्ने विद्युतीय ट्रक र अन्य विद्युतीय सवारीको माग एसिया तथा…

Image

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ। २०० दिनभन्दा बढी समय समुद्रमा तैनाथ रहँदा अब्राहम लिंकनमा रहेका करिब ५ हजार नौसैनिक तथा मरिन्समा थकान, मानसिक तनाव र डिप्रेसनका समस्या देखिएको भन्दै परिवार र सांसदहरूले चिन्ता व्यक्त गरेका…

Image

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना करिब ७० प्रतिशत रहेको छ। वैज्ञानिकहरूले यो एल निनो शरद ऋतु र हिउँदको सुरुआतमा अझ तीव्र हुने अनुमान गरेका छन्। एल निनोका कारण विश्वभर तापक्रम वृद्धि, खडेरी, बाढी,…

Image

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल सेवा र विद्युत् आपूर्तिमा गम्भीर असर पुर्‍याएको छ। अधिकारीहरूका अनुसार २० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने एक लाखभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।…

Image

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले जनाएको छ। रुसी आक्रमणबाट खेर्सन क्षेत्रमा १४ जना घाइते भएका छन्। आवासीय घर, सामाजिक पूर्वाधार तथा अन्य नागरिक संरचनामा क्षति पुगेको छ। युक्रेनले नोभोरोसिस्कस्थित रुसको प्रमुख नौसैनिक आधारमा मिसाइल, ड्रोन…

Image

रुसको आर्कटिक क्षेत्रमा रहेको अमेरिकी प्रतिबन्धित LNG परियोजना Arctic LNG-2 बाट ग्यास ढुवानी गर्न रुस र चीनले उत्तरी समुद्री मार्ग (Northern Sea Route) को प्रयोग उल्लेखनीय रूपमा बढाएका छन्। प्रतिबन्धित रूसी LNG कार्गो जहाजमार्फत रुसबाट चीन पुर्‍याइएको तथ्य उपग्रह तस्वीर र जहाज ट्र्याकिङ तथ्यांकले देखाएको छ। युक्रेन युद्धपछि आर्कटिक मार्गमा…

Image

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले जनाएको छ। साथै ३ वटा जहाजलाई निष्क्रिय पारिएको र २ वटामा अमेरिकी सेना चढेर जाँच गरेको CENTCOM को दाबी छ।…