Monday 26th October 2026

दक्षिण अफ्रिकी अधिकारीमाथि अमेरिकी भिसा प्रतिबन्ध


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका केही सरकारी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका छन्। अमेरिकाले ती अधिकारीहरूलाई जातीय भेदभाव, क्षतिपूर्ति बिना भूमि कब्जा गर्ने नीति, र अल्पसंख्यकमाथि हिंसा भड्काउने कार्यमा संलग्न भएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकी सरकारमाथि श्वेत (विशेषगरी अफ्रिकानर) नागरिकमाथि अन्याय गरेको आरोप लगाउँदै आएको छ। यसै क्रममा अमेरिकाले हजारौँ श्वेत दक्षिण अफ्रिकीलाई शरणार्थीका रूपमा प्रवेश दिएको छ।

तर दक्षिण अफ्रिकाले यी आरोपहरू अस्वीकार गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले सरकारको नीति कुनै पनि जातीय विभेद वा हिंसाको पक्षमा नरहेको बताएका छन्। उनले दक्षिण अफ्रिका बहुदलीय लोकतन्त्र भएको र केही व्यक्तिका अभिव्यक्तिलाई सरकारी नीति मान्न नमिल्ने बताएका छन्।

यसअघि ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत नागरिकमाथि “नरसंहार” भइरहेको दाबी गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...