अस्ट्रेलिया सरकारले आप्रवासन संख्या घटाउने लक्ष्यसहित नयाँ कडाइका उपाय अघि सारेको छ। गृह मन्त्री Tony Burke ले विदेशी विद्यार्थीका पारिवारिक भिसा र ब्रिजिङ भिसाधारकको काम गर्ने अधिकारमा कडाइ गर्न सकिने संकेत दिएका छन्।
प्रस्तावअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र ग्राजुएट भिसाधारकले परिवार (पति/पत्नी र सन्तान) अस्ट्रेलिया ल्याउन पाउने सुविधा सीमित गरिने छ।
साथै, ‘भिसा हपिङ’ नियन्त्रण, भिसा अवधि सकिएपछि अवैध बसोबासमाथि कडाइ तथा पर्यटक भिसासम्बन्धी नियम पनि कडा बनाइने भएका छन्।
सरकारले सन् २०२८ सम्म वार्षिक विदेशी आप्रवासन संख्या २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ। यद्यपि स्वास्थ्य, निर्माण, शिक्षा, कृषि र वृद्ध हेरचाहजस्ता आवश्यक क्षेत्रमा दक्ष जनशक्तिलाई प्राथमिकता दिइने बताइएको छ।
यी परिवर्तन लागू हुन भने केही समय लाग्न सक्नेछ।
https://www.sbs.com.au/news/podcast-episode/government-to-announce-its-long-awaited-policy-on-migration-to-australia-morning-news-bulletin-17-september-2026/mc2ymo7xg