Monday 26th October 2026

भोटेकोशी बाढीमा जलवायु परिवर्तनको प्रभाव पुष्टि


गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ।

अध्ययनअनुसार लाङटाङ–लिरुङ हिमालबाट ठूलो चट्टान र हिमनदीको भाग खसेपछि भीषण बाढी आएको थियो। सन् २०१५ को भूकम्पले कमजोर बनेको पहाड, बढ्दो तापक्रम, पग्लिँदो हिमनदी तथा ‘पर्माफ्रस्ट’ कमजोर हुनु यस विपत्तिका मुख्य कारण रहेको बताइएको छ।

यस घटनामा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ५,१०० भन्दा बढी अझै बेपत्ता छन्। बाढीले रसुवा र नुवाकोटका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएको थियो।

वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रमा तापक्रम निरन्तर बढिरहेकाले भविष्यमा यस्ता ठूला प्राकृतिक विपत्तिको जोखिम अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

-https://edition.cnn.com/2026/09/16/climate/nepal-flooding-avalanche-causes?Date=20260917&Profile=CNN&utm_content=1789605810&utm_medium=social&utm_source=facebook&fbclid=IwdGRzaAUYJUJjbGNrBRglGXBkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEeso3M73Xll6sGxjg1ogd1Mk5ZItiRGSq8NMTmkN9aTiVPg8Q2v4G6akB1_SE_aem_L17WHRqz_nM0Xr9Ds5e0xQ


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...