गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ।
अध्ययनअनुसार लाङटाङ–लिरुङ हिमालबाट ठूलो चट्टान र हिमनदीको भाग खसेपछि भीषण बाढी आएको थियो। सन् २०१५ को भूकम्पले कमजोर बनेको पहाड, बढ्दो तापक्रम, पग्लिँदो हिमनदी तथा ‘पर्माफ्रस्ट’ कमजोर हुनु यस विपत्तिका मुख्य कारण रहेको बताइएको छ।
यस घटनामा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ५,१०० भन्दा बढी अझै बेपत्ता छन्। बाढीले रसुवा र नुवाकोटका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुर्याएको थियो।
वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रमा तापक्रम निरन्तर बढिरहेकाले भविष्यमा यस्ता ठूला प्राकृतिक विपत्तिको जोखिम अझ बढ्न सक्ने चेतावनी दिएका छन्।
-https://edition.cnn.com/2026/09/16/climate/nepal-flooding-avalanche-causes?Date=20260917&Profile=CNN&utm_content=1789605810&utm_medium=social&utm_source=facebook&fbclid=IwdGRzaAUYJUJjbGNrBRglGXBkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEeso3M73Xll6sGxjg1ogd1Mk5ZItiRGSq8NMTmkN9aTiVPg8Q2v4G6akB1_SE_aem_L17WHRqz_nM0Xr9Ds5e0xQ