Monday 26th October 2026

अमेरिकी संसदबाट रूसमाथि कडा प्रतिबन्ध लगाउने विधेयक पारित


अमेरिकी संसदको तल्लो सदनले रूसविरुद्ध नयाँ कडा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ अनुमोदनका लागि पठाइएको छ।

उता, युक्रेनको राजधानी कीभमा बुधबार राति मिसाइल आक्रमणको चेतावनीपछि धेरै विस्फोट भएका छन्। कीभ र ओडेसामा भएको रूसी आक्रमणमा कम्तीमा १३ जना घाइते भएका छन्।

रूसले पनि युक्रेनी ड्रोन आक्रमणबाट यारोस्लाभलस्थित तेल प्रशोधन केन्द्रमा क्षति पुगेको जनाएको छ।

यसैबीच, रूसमा शुक्रबारदेखि संसद् चुनाव सुरु हुँदैछ। राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकलाई मतदान गर्न आग्रह गर्दै यसलाई युक्रेन युद्धप्रतिको जनसमर्थनको संकेत बताएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...