Monday 26th October 2026

यमनमा भिडन्त बढ्यो, अमेरिकाले सरकारलाई साथ दिने


यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने जनाएको छ।

साउदी अरब नेतृत्वको गठबन्धनले हुथीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको बताइएको छ। यता, हुथी समूहले साउदी अरबको एक लडाकु विमान खसालेको दाबी गरेको छ।

यसैबीच, अमेरिकी अधिकारीहरूले ओमानमा हुथी प्रतिनिधिहरूसँग भेटवार्ता पनि गरेका छन्। वार्तामा हुथीहरूले अमेरिकी जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

लडाइँ तीव्र बन्दै जाँदा साउदी अरबले आफ्नो हवाई सुरक्षा बलियो बनाउन सहयोगी देशहरूसँग थप सहयोग मागेको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...