यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने जनाएको छ।
साउदी अरब नेतृत्वको गठबन्धनले हुथीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको बताइएको छ। यता, हुथी समूहले साउदी अरबको एक लडाकु विमान खसालेको दाबी गरेको छ।
यसैबीच, अमेरिकी अधिकारीहरूले ओमानमा हुथी प्रतिनिधिहरूसँग भेटवार्ता पनि गरेका छन्। वार्तामा हुथीहरूले अमेरिकी जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ।
लडाइँ तीव्र बन्दै जाँदा साउदी अरबले आफ्नो हवाई सुरक्षा बलियो बनाउन सहयोगी देशहरूसँग थप सहयोग मागेको छ।