Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

स्विट्जरल्याण्डको आराउस्थित एक र्‍याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घटनापछि संदिग्ध आक्रमणकारीको खोजीका लागि व्यापक खोज अभियान सञ्चालन गरिएको छ। घटना आइतबार बिहान सबेरै भएको बताइएको छ। घाइतेमध्ये चार पुरुष र एक महिला रहेका छन्,…

Image

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा लिएपछि दर्जनौं सैनिक पक्राउ परेका छन् भने केहीको मृत्यु भएको बताइएको छ। राज्य सञ्चालित टेलिभिजनका अनुसार विद्रोही सैनिकहरूले नियामी अन्तर्राष्ट्रिय विमानस्थल परिसरस्थित महत्वपूर्ण सैन्य अड्डामा कब्जा जमाउने प्रयास गरेका थिए।…

Image

नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीमा नेपालतर्फ मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २,४९८ जना अझै बेपत्ता रहेका छन्। तिब्बततर्फ कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजी अभियान पाँचौं दिनमा प्रवेश गरे पनि लगातारको वर्षा, नदीको बढ्दो…

Image

रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला विमान आइतबार काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका ती विमानहरू करिब तीन घण्टाको यात्रापछि बिहान ७ बजे काठमाडौं अवतरण गरेका हुन्।…

Image

चीनको स्वसाशित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरू मध्ये कतिलाइ बाढीले बगाएको आशंका गरिएको छ भने कतिपय अझै विभिन्न जलविद्युत् आयोजनाका सुरूङभित्र फसेको…

Image

काठमाडौँ — रसुवास्थित भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपालले केही देशबाट प्राप्त उद्धार तथा राहत सहयोग अस्वीकार गरेको भन्ने समाचारहरू गलत भएको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शिशिर खनालले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई अस्वीकार नगरेको, तर अहिलेको आवश्यकता र घटनाको प्रकृतिअनुसार…

Image

युक्रेनको राजधानी किभ नजिकको माइला क्षेत्रमा रहेको सैन्य हतियार भण्डारण केन्द्रमा भएको रुसी आक्रमणपछि ठूलो विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। घटनामा ४२ जना घाइते भएका छन्। आक्रमणपछि गोदाममा भण्डारण गरिएका गोला–बारुद, बारुदी सुरुङ र ड्रोनहरू विस्फोट हुँदा व्यापक क्षति भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनले…

Image

नवभारत टाइम्सले शशि थरूर र नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिचको संवादलाई निकै रोचक शैलीमा प्रस्तुत गरेको छ। ‘भारतका शशि थरूर बनाम नेपालका शशि थरूर’ भन्ने शीर्षक आफैंमा आकर्षक र मनोरञ्जनात्मक भए पनि यसले दुई फरक देशका दुई बौद्धिक व्यक्तित्वबीच भएको संवादलाई केही हदसम्म केवल अंग्रेजीका कठिन शब्दहरूको प्रतिस्पर्धामा सीमित गरेको…

Image

नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ। युरोपेली आयोगले प्रभावित परिवार र समुदायलाई राहत उपलब्ध गराउन २० लाख युरो बराबरको आकस्मिक मानवीय सहायता घोषणा गरेको छ। अमेरिकाले पनि रसुवामा आश्रयस्थलका रूपमा प्रयोग भइरहेका विद्यालयहरूका लागि खाद्यान्न तथा…

Image

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको समूहसँग भेट गरी नेपालमा बाढीका क्रममा उनीहरूले भोगेको अनुभव प्रत्यक्ष रूपमा सुनेका छन्। तीर्थयात्रीहरूले आफूहरू कठिन परिस्थितिमा फसेको र नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीले गरेको सहयोगबारे जानकारी गराएका थिए। उनीहरूको…