भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीपछि पहिरोले बनाएको अस्थायी ताल फुट्न सक्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा…
नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्। लगातारको वर्षा, नदीहरूको बढ्दो बहाव तथा हिमाली क्षेत्रको जोखिमपूर्ण अवस्थाले नेपालमा थप विपद्को खतरा बढाएको बताइएको छ। BBC World को आजको अन्तर्राष्ट्रिय समाचार कार्यक्रममा नेपालमा कायम बाढीको जोखिम, चीनमा देखिएको…
पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको ज्यान गएको छ। प्रारम्भिक जानकारी अनुसार वातानुकूलन (एसी) प्रणालीको कम्प्रेसर विस्फोट भएपछि आगो लागेको थियो। बुधबार बिहान करिब ६:४५ बजे अस्पतालको प्रसूति तथा शिशु स्वास्थ्य (MCH) वार्डमा रहेको नर्सरीमा आगो…
टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र इजरायलको सम्पूर्ण भूभाग पर्ने बताइएको छ। सरकारी स्वामित्वको रक्षा कम्पनी Roketsan ले विकास गरेको यो मिसाइल अघिल्ला संस्करणभन्दा ठूलो रहेको बताइएको छ। यसको तौल करिब ७.२ टन र लम्बाइ करिब…
काजाकिस्तानको संसदीय निर्वाचनमा राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ समर्थित नवगठित राजनीतिक दल अदिलेत (Adilet) ले स्पष्ट बहुमत हासिल गरेको छ। यस विजयसँगै राष्ट्रपति तोकायेभको राजनीतिक प्रभाव र शक्ति थप मजबुत भएको छ। निर्वाचनको प्रारम्भिक परिणामअनुसार यसै वर्ष गठन गरिएको अदिलेत दलले उल्लेखनीय मत प्राप्त गर्दै संसदमा प्रमुख शक्ति बन्न सफल भएको छ।…
युक्रेनसँग लामो दूरीका मिसाइल उत्पादनसम्बन्धी प्रविधि र जानकारी साझेदारी गर्ने बेलायतको निर्णयप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। क्रेमलिनका एक वरिष्ठ सल्लाहकारले बेलायतका ड्रोन तथा रक्षा उद्योगसम्बन्धी कारखानाहरू भविष्यमा आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिएका छन्। रुसले बेलायतले युक्रेनलाई मिसाइल उत्पादन क्षमता विस्तार गर्न सहयोग गर्नु युक्रेन युद्धमा प्रत्यक्ष संलग्नताको प्रमाण…
केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि सरकारसँग भएका वार्ताहरू निष्कर्षविहीन बनेपछि आफ्ना अधिकारका लागि आन्दोलन गर्नु बाध्यता बनेको हो। हडतालमा सहभागी नर्स शिरु किहाराले स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिने नर्सहरू लामो समयदेखि कम तलब, कर्मचारी अभाव र…
दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको जिम्मेवारी सार्वजनिक रूपमा कुनै समूहले लिएको छैन । आइतबार पजुत क्षेत्रतर्फ गइरहेको यूएन मिसन (UNMISS) को टोलीमाथि आक्रमण भएको थियो। घटनामा सात जना अन्य शान्ति सैनिक, प्रहरी र नागरिक कर्मचारी…
![]()