Tuesday 24th November 2026

रुसको आक्रमणमा कीभमा कम्तीमा ३ जनाको मृत्यु


रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको छ। साथै ७ जना घाइते भएका छन्।

आक्रमणका कारण केही घर, पसल र गोदाममा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेको छ।

रुसले भने कीभ क्षेत्रका सञ्चार र ऊर्जा पूर्वाधार तथा ओडेसा नजिकको बन्दरगाह क्षेत्रमा रहेका लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, युक्रेनमाथिको आक्रमणका कारण सुरक्षा सतर्कता अपनाउँदै पोल्याण्डका दुई विमानस्थल केही समयका लागि बन्द गरिएका थिए। अवस्था सामान्य भएपछि उडान सेवा पुनः सञ्चालन गरिएको छ।

युद्ध जारी रहँदा दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमण तीव्र बन्दै गएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...