Sunday 25th October 2026

इथियोपियामा फेरि हिंसा बढ्यो


इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले सहयोग गरिरहेको आरोप लगाएको छ।

विद्रोही समूहले केही विमानस्थल र सहरहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। लडाइँका कारण हजारौँ मानिस घर छोड्न बाध्य भएका छन्।

संयुक्त राष्ट्रसंघले बढ्दो हिंसा र सर्वसाधारणमाथि पर्न सक्ने असरप्रति चिन्ता व्यक्त गरेको छ।

यसअघि सन् २०२० देखि २०२२ सम्म चलेको गृहयुद्धमा करिब ६ लाख मानिसको ज्यान गएको थियो। अहिलेको अवस्थाले फेरि ठूलो युद्ध हुन सक्ने डर बढाएको छ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...