Monday 28th September 2026

रुसले भूमध्यसागर क्षेत्रलाई ड्रोनबाट निशाना बनाउन सक्ने चेतावनी


अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी दिएको समाचार सार्वजनिक भएको छ।

रिपोर्टअनुसार रुसले व्यापारिक जहाजजस्तो देखिने पानीजहाजबाट साना ‘गेर्बेरा’ ड्रोन उडाउन सक्ने आशंका गरिएको छ। यद्यपि यी ड्रोनले ठूलो क्षति पुर्‍याउन नसके पनि जनतामा डर र अन्योल फैलाउने उद्देश्य हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने आफूलाई यस्तो कुनै योजनाबारे जानकारी नभएको बताएका छन्।

विज्ञहरूका अनुसार यो रुसको ‘हाइब्रिड युद्ध’ रणनीतिको हिस्सा हुन सक्छ, जसको उद्देश्य प्रत्यक्ष आक्रमणभन्दा पनि युरोपेली देशहरूमा असुरक्षा र तनावको वातावरण सिर्जना गर्नु हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...