Sunday 25th October 2026

रुसले भूमध्यसागर क्षेत्रलाई ड्रोनबाट निशाना बनाउन सक्ने चेतावनी


अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी दिएको समाचार सार्वजनिक भएको छ।

रिपोर्टअनुसार रुसले व्यापारिक जहाजजस्तो देखिने पानीजहाजबाट साना ‘गेर्बेरा’ ड्रोन उडाउन सक्ने आशंका गरिएको छ। यद्यपि यी ड्रोनले ठूलो क्षति पुर्‍याउन नसके पनि जनतामा डर र अन्योल फैलाउने उद्देश्य हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने आफूलाई यस्तो कुनै योजनाबारे जानकारी नभएको बताएका छन्।

विज्ञहरूका अनुसार यो रुसको ‘हाइब्रिड युद्ध’ रणनीतिको हिस्सा हुन सक्छ, जसको उद्देश्य प्रत्यक्ष आक्रमणभन्दा पनि युरोपेली देशहरूमा असुरक्षा र तनावको वातावरण सिर्जना गर्नु हो।


सम्बन्धित शीर्षकहरु

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

प्रतिकृयाहरू
...