Tuesday 29th September 2026

चीनले एकै दिन चार नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्यायो


विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका विभिन्न क्षेत्रबीचको यात्रा अझ छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।

नयाँ रेलमार्गहरूले सियोङआन–साङचिउ, सिआन–अङकाङ, यीचाङ–सिङसान तथा हार्बिन–यीछुनलाई जोडेका छन्।

यीमध्ये सियोङआन–साङचिउ रेलमार्ग ५५२ किलोमिटर लामो छ, जसले दुई शहरबीचको यात्रा समय घटाएर २ घण्टा २७ मिनेटमा झारेको छ। त्यस्तै, सिआन–अङकाङ रेलमार्ग सञ्चालनमा आएपछि यात्रा समय ४५ मिनेट मात्र भएको छ।

उत्तरपूर्वी चीनको हार्बिन–यीछुन रेलमार्ग चीनकै सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हो। यसले पहिले करिब सात घण्टा लाग्ने यात्रा अब दुई घण्टामा पूरा गर्न सकिने बनाएको छ।

चीन सरकारले यी नयाँ रेलमार्गले पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ। हाल चीनमा ५० हजार किलोमिटरभन्दा बढी उच्चगति रेलमार्ग सञ्चालनमा छन्, जसलाई सन् २०३५ सम्म ७० हजार किलोमिटर पुर्‍याउने लक्ष्य राखिएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...