Sunday 25th October 2026

म्यानमारको बजार क्षेत्रमा सेनाको हवाई आक्रमण, ३३ जनाको मृत्यु


म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।

आक्रमण क्याउक्ताउ शहरको व्यस्त बजार नजिक भएको बताइएको छ। अराकान आर्मीका अनुसार सैनिक लडाकु विमानले बजार क्षेत्रमा दुईवटा बम खसालेको थियो। मृतकमध्ये व्यापारी, ग्राहक, पैदलयात्री र अन्य सर्वसाधारण नागरिक रहेका छन्।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि बजार क्षेत्रका भवनहरूमा आगलागी भएको, सवारीसाधन नष्ट भएका र नजिकैको पुलमा समेत क्षति पुगेको छ।

सन् २०२१ मा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि म्यानमारमा गृहसंघर्ष जारी छ। राखाइन राज्यमा सरकारी सेना र अराकान आर्मीबीच लगातार लडाइँ भइरहेको छ। अराकान आर्मीले राज्यका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको छ।

लगातार बढिरहेका हवाई आक्रमणका कारण राखाइनमा मानवीय संकट गहिरिँदै गएको छ र हजारौं सर्वसाधारण प्रभावित भएका छन्।

https://www.nbcnews.com/world/myanmar/deadly-airstrike-market-myanmar-rakhine-state-rcna600408


सम्बन्धित शीर्षकहरु

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

प्रतिकृयाहरू
...