Tuesday 29th September 2026

म्यानमारको बजार क्षेत्रमा सेनाको हवाई आक्रमण, ३३ जनाको मृत्यु


म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।

आक्रमण क्याउक्ताउ शहरको व्यस्त बजार नजिक भएको बताइएको छ। अराकान आर्मीका अनुसार सैनिक लडाकु विमानले बजार क्षेत्रमा दुईवटा बम खसालेको थियो। मृतकमध्ये व्यापारी, ग्राहक, पैदलयात्री र अन्य सर्वसाधारण नागरिक रहेका छन्।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि बजार क्षेत्रका भवनहरूमा आगलागी भएको, सवारीसाधन नष्ट भएका र नजिकैको पुलमा समेत क्षति पुगेको छ।

सन् २०२१ मा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि म्यानमारमा गृहसंघर्ष जारी छ। राखाइन राज्यमा सरकारी सेना र अराकान आर्मीबीच लगातार लडाइँ भइरहेको छ। अराकान आर्मीले राज्यका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको छ।

लगातार बढिरहेका हवाई आक्रमणका कारण राखाइनमा मानवीय संकट गहिरिँदै गएको छ र हजारौं सर्वसाधारण प्रभावित भएका छन्।

https://www.nbcnews.com/world/myanmar/deadly-airstrike-market-myanmar-rakhine-state-rcna600408


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...