Saturday 24th October 2026

स्पेसएक्सको स्टारशिप सफल परीक्षण


अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित गर्न सफल भयो।

अन्तरिक्ष यात्रा पूरा गरेर फर्कने क्रममा स्टारशिप पृथ्वीको वायुमण्डल पार गर्दै प्रशान्त महासागरमा अवतरण गर्ने अभ्यास गरेको थियो। अवतरणका बेला ठूलो आगोको गोला देखिए पनि परीक्षणलाई सफल मानिएको छ।

यस सफलतासँगै स्पेसएक्स अब नासाको आगामी चन्द्रमा अभियानका लागि आवश्यक परीक्षण उडानको तयारीमा जुटेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...