Thursday 22nd October 2026

जापानमा स्टेम सेलबाट विश्वकै पहिलो सफल मुटु शल्यक्रिया


जापानको ओसाकास्थित अस्पतालमा गम्भीर मुटुरोगबाट पीडित ५० वर्षीया महिलाको iPS स्टेम सेलबाट तयार गरिएको मुटुको मांसपेशी प्रयोग गरी विश्वकै पहिलो सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियामा मुटुको बाहिरी भागमा तीनवटा विशेष मांसपेशीयुक्त तह राखिएको थियो, जसले मुटुको कार्यक्षमता सुधार गर्न सहयोग गर्ने चिकित्सकहरूको विश्वास छ।

हृदय प्रत्यारोपणका लागि दाताको अभाव भइरहेका बेला यो प्रविधिलाई मुटुरोगीका लागि नयाँ आशाको रूपमा हेरिएको छ। जापानको स्वास्थ्य बीमा प्रणालीअन्तर्गत रहेको यो उपचारलाई पुनर्जनन चिकित्सा क्षेत्रमा ठूलो उपलब्धिका रूपमा लिइएको छ।

विशेषज्ञहरूले iPS सेल प्रविधिले भविष्यमा अल्जाइमर्स, पार्किन्सन्स र क्यान्सरजस्ता जटिल रोगको उपचारमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

https://newsonjapan.com/article/150903.php


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...