Sunday 25th October 2026

ककपिटमा चक्कु हमला, यात्रु र घाइते पाइलटको साहसले बच्यो फ्लाईदुबई विमान


दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले ककपिटभित्र अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त बनाउन प्रयास गरेका थिए।

दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबई विमानमा सहचालकले आक्रमण गरेपछि उत्पन्न संकटलाई भारतीय पाइलट स्मित मच्छारको साहसले नियन्त्रणमा ल्याएको बताइएको छ। उनी घाइते अवस्थामै प्रतिरोधमा उत्रिएपछि यात्रुहरूले पनि सहयोग गरे। एक यात्रु यानिभ हायुन ले आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमानको अवस्था स्थिर बनाउन सहयोग गरेको बताएका छन्।

घटनाका क्रममा विमान करिब दुई मिनेटमा १७,४०० फिट तल झरेको जनाइएको छ, जसले यात्रुहरूमा त्रास फैलाएको थियो। विमानलाई अन्ततः साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गरियो। त्यसपछि अधिकांश यात्रुलाई अर्को फ्लाईदुबई विमानमार्फत तेल अवीव पुर्‍याइएको थियो।

घटनापछि फ्लाईदुबईले इजरायलका लागि आउने-जाने उडानहरू अस्थायी रूपमा निलम्बन गरेको छ भने इजरायलले यसलाई “आतंकवादी आक्रमणको प्रयास” भनेको छ। आक्रमणको कारण र घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...