Sunday 25th October 2026

फ्लाई दुबई विमानमा पाइलट विवादपछि आपत्कालीन अवतरण


दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद भएपछि विमानको मार्ग परिवर्तन गरिएको थियो।

घटनाका क्रममा विमानबाट आपत्कालीन संकेतहरू पठाइएपछि विमान अपहरण भएको आशंका फैलिएको थियो। त्यसपछि इजरायली वायुसेना सतर्क बनेको थियो र सुरक्षा अधिकारीहरूले आपत्कालीन तयारीसमेत गरेका थिए।

पछि प्राप्त जानकारीअनुसार यो अपहरण नभई पाइलटहरूबीचको विवादका कारण सिर्जिएको आपत्कालीन अवस्था रहेको बताइएको छ। विमान साउदी अरबको ताबुकस्थित विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको थियो।

फ्लाई दुबईले सबै यात्रु र चालक दल सुरक्षित रहेको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को विमान पठाउने तयारी गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...