Wednesday 30th September 2026

फ्रान्समा तलब वृद्धि र शिक्षा सुधारको माग गर्दै व्यापक आन्दोलन


फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी र अग्निनियन्त्रकहरू आन्दोलनमा सहभागी भएका छन्।

ट्रेड युनियनहरूले सरकारी कर्मचारीको तलब ६ प्रतिशतले बढाउन र तलब स्थिर राख्ने सरकारी प्रस्ताव फिर्ता लिन माग गरेका छन्। उनीहरूका अनुसार लगातार तलब नबढ्दा कर्मचारीको क्रयशक्ति घटेको छ।

यसैबीच, शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ४०० भन्दा बढी विद्यालयमा विद्यार्थी प्रदर्शन भएको छ। केही स्थानमा प्रदर्शन हिंसात्मक बन्दा प्रहरीसँग झडप भएको र कम्तीमा ४४० जना पक्राउ परेका छन्। झडपमा विद्यार्थी, विद्यालय कर्मचारी तथा सुरक्षाकर्मीसमेत घाइते भएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...