Thursday 1st October 2026

एआई प्रयोगको विवादपछि निकोनको विजेता वैज्ञानिक भिडियो पुनः जाँचमा


वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि पुनः जाँच सुरु भएको छ।

चीनको छिङ्हुवा विश्वविद्यालयका अनुसन्धानकर्ता डा. निङ स्यु ले बनाएको भिडियो यस वर्ष पहिलो भएको थियो। भिडियोमा दुर्लभ रोग भएका एक बालकको श्वासनलीभित्र रहेका साना रौंजस्ता संरचनाहरू (सिलिया) चलिरहेको देखाइएको थियो।

तर केही वैज्ञानिकहरूले भिडियोमा देखिएका आकृति र गतिविधि वास्तविक जैविक संरचनासँग नमिल्ने दाबी गरेका छन्। कतिपयले भिडियो एआईबाट बनाइएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्।

डा. स्युले भने भिडियो, सिलिया वा त्यसको चाल एआईले नबनाएको बताएका छन्। उनका अनुसार एआई केवल तस्बिरलाई अझ स्पष्ट देखाउन प्रयोग गरिएको हो।

प्रतियोगिताका आयोजक निकोनले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म नियम उल्लङ्घन भएको प्रमाण नभेटिए पनि थप अध्ययनपछि अन्तिम निर्णय सार्वजनिक गरिने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...