Sunday 25th October 2026

एआई प्रयोगको विवादपछि निकोनको विजेता वैज्ञानिक भिडियो पुनः जाँचमा


वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि पुनः जाँच सुरु भएको छ।

चीनको छिङ्हुवा विश्वविद्यालयका अनुसन्धानकर्ता डा. निङ स्यु ले बनाएको भिडियो यस वर्ष पहिलो भएको थियो। भिडियोमा दुर्लभ रोग भएका एक बालकको श्वासनलीभित्र रहेका साना रौंजस्ता संरचनाहरू (सिलिया) चलिरहेको देखाइएको थियो।

तर केही वैज्ञानिकहरूले भिडियोमा देखिएका आकृति र गतिविधि वास्तविक जैविक संरचनासँग नमिल्ने दाबी गरेका छन्। कतिपयले भिडियो एआईबाट बनाइएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्।

डा. स्युले भने भिडियो, सिलिया वा त्यसको चाल एआईले नबनाएको बताएका छन्। उनका अनुसार एआई केवल तस्बिरलाई अझ स्पष्ट देखाउन प्रयोग गरिएको हो।

प्रतियोगिताका आयोजक निकोनले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म नियम उल्लङ्घन भएको प्रमाण नभेटिए पनि थप अध्ययनपछि अन्तिम निर्णय सार्वजनिक गरिने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...