फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब विदा लिने समय आएको महसुस गरेको बताएका छन्। मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो शतप्रतिशत योगदान दिएको र देश…
संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू पग्लिनु यसको मुख्य कारण हो। २०२४ मा समुद्री सतह वार्षिक करिब ६ मिलिमिटरले बढेको, जुन अहिलेसम्मकै उच्च दर मानिएको छ। हाल विश्वका करिब ७७ करोड मानिस समुद्री किनार नजिक बसोबास…
विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू केन्द्रित भएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको टोली ड्रोनसहित प्रवेश गरे पनि त्यहाँ कुनै व्यक्ति फेला नपरेको जनाइएको छ। तर अपर त्रिशूली–१,…
रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो विवरणअनुसार देशभर ४,२४७ जना सम्पर्कविहीन रहेका छन् भने कम्तीमा ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकर्मीहरू विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौं कामदारसम्म पुग्न…
नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७ जना बेपत्ता र ९०३ जनाको मृत्यु भएको छ भने तिब्बततर्फ ५४६ जना बेपत्ता र १६ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपालमा बेपत्तामध्ये ९३३ जना जलविद्युत् आयोजनाका कामदार, ४५…
रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानसम्म चितवनसहित विभिन्न जिल्लाबाट शव फेला परेका छन्, जसमा सबैभन्दा धेरै चितवनमा २७२ शव भेटिएका छन्। बाढीपछि ४,२४७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये सुरक्षाकर्मी, सरकारी…
नेपालका बाढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ विद्यालय प्रभावित भएका छन्। शिक्षा मन्त्रालयका अनुसार ९ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। केही विद्यालयका शिक्षक र विद्यार्थी अझै बेपत्ता छन्। हालसम्म २०० भन्दा बढी विद्यार्थी हराइरहेका छन् भने करिब २० जना बाढीले बगाएको…
रसुवा स्थित भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८१ पुगेको छ भने ३,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। गत बुधबार आएको हिम, चट्टान, माटो र ढुंगामिश्रित भीषण बाढीले नेपालका रसुवा, नुवाकोट धादिङ जिल्ला लगायतका नदी किनारका बस्तीहरूमा व्यापक क्षति पुर्याएको हो। नेपालमा…
डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका कारण यसलाई वित्तीय नवप्रवर्तनको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। तर यही प्रविधि भ्रष्टाचार, मनी लाउन्डरिङ, कर छली तथा अन्य अन्तर्राष्ट्रिय अपराधका लागि पनि प्रयोग हुन थालेपछि चिन्ता बढ्दै गएको छ।…
इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब २२ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ८८ अमेरिकी डलर पुगेको छ। यसबाट अमेरिकी तेल कम्पनीहरूले उल्लेखनीय आर्थिक लाभ उठाए पनि खाडी क्षेत्रमा रहेका उनीहरूका ऊर्जा परियोजना…
![]()