Sunday 25th October 2026

इथियोपिया–इरिट्रियाबीच कूटनीतिक सम्बन्ध विच्छेद


इथियोपिया र इरिट्रियाले आपसी कूटनीतिक सम्बन्ध तोडेका छन्। इथियोपियाले इरिट्रियाको राजधानी अस्मारास्थित आफ्नो दूतावास बन्द गर्ने र इरिट्रियाका १० जना कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ।

यसको जवाफमा इरिट्रियाले पनि इथियोपियासँगको सबै कूटनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेको छ।

यसैबीच, उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबीच भीषण लडाइँ जारी छ। दुवै देशबीच तनाव बढेसँगै क्षेत्रीय युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सबै पक्षलाई संयमता अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...