Friday 2nd October 2026

इथियोपिया–इरिट्रियाबीच कूटनीतिक सम्बन्ध विच्छेद


इथियोपिया र इरिट्रियाले आपसी कूटनीतिक सम्बन्ध तोडेका छन्। इथियोपियाले इरिट्रियाको राजधानी अस्मारास्थित आफ्नो दूतावास बन्द गर्ने र इरिट्रियाका १० जना कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ।

यसको जवाफमा इरिट्रियाले पनि इथियोपियासँगको सबै कूटनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेको छ।

यसैबीच, उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबीच भीषण लडाइँ जारी छ। दुवै देशबीच तनाव बढेसँगै क्षेत्रीय युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सबै पक्षलाई संयमता अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...