Tuesday 24th November 2026

कर्नेल विश्वविद्यालय सामुहिक बलात्कार प्रकरणमा नयाँ छानबिन सुरु


अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त गरिएको छ।

पीडित महिलाले सन् २०२४ मा आफूलाई लागूऔषध सेवन गराएर सात जना पुरुषले बलात्कार गरेको आरोप लगाएकी छन्। उनले विश्वविद्यालयले आफूलाई पर्याप्त सुरक्षा नदिएको र दोषीमाथि उचित कारबाही नगरेको दाबी गर्दै गत महिना मुद्दा दायर गरेकी थिइन्।

यो मुद्दा पहिले बन्द गरिएको भए पनि नयाँ तथ्यहरू सार्वजनिक भएपछि पुनः अनुसन्धान सुरु गरिएको हो। न्युयोर्ककी गभर्नर क्याथी होचुलले निष्पक्ष छानबिन सुनिश्चित गर्न विशेष अभियोजक नियुक्त गरिएको बताएकी छन्।

महान्यायाधिवक्ता जेम्सले तथ्य र कानुनका आधारमा निष्पक्ष अनुसन्धान हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...