Friday 2nd October 2026

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, आगजनी र झडपमा सयौं पक्राउ


फ्रान्सभरका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षा क्षेत्रको कमजोर अवस्था र सरकारी बजेटको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा आगजनी, तोडफोड र प्रहरीसँग झडप भएका छन्।

पछिल्लो केही दिनमा ६२५ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ८३ जना प्रहरी र १५९ जना विद्यार्थी तथा शिक्षक घाइते भएका छन्। केही विद्यालयमा विद्यार्थीहरूले अवरोध खडा गर्दै फोहोरका डस्टबिनमा आगो लगाएका छन्।

विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, जीर्ण भवन, सरसफाइको कमजोर अवस्था र पर्याप्त सुविधा नहुँदा आन्दोलनमा उत्रिनुपरेको बताएका छन्।

राष्ट्रपति इमानुएल म्याक्रोनले विद्यार्थीहरूको चिन्ता जायज भए पनि हिंसा स्वीकार्य नभएको बताएका छन्। सरकारले अवस्था नियन्त्रणका लागि आपत्कालीन बैठक बोलाएको छ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...