Sunday 25th October 2026

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, आगजनी र झडपमा सयौं पक्राउ


फ्रान्सभरका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षा क्षेत्रको कमजोर अवस्था र सरकारी बजेटको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा आगजनी, तोडफोड र प्रहरीसँग झडप भएका छन्।

पछिल्लो केही दिनमा ६२५ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ८३ जना प्रहरी र १५९ जना विद्यार्थी तथा शिक्षक घाइते भएका छन्। केही विद्यालयमा विद्यार्थीहरूले अवरोध खडा गर्दै फोहोरका डस्टबिनमा आगो लगाएका छन्।

विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, जीर्ण भवन, सरसफाइको कमजोर अवस्था र पर्याप्त सुविधा नहुँदा आन्दोलनमा उत्रिनुपरेको बताएका छन्।

राष्ट्रपति इमानुएल म्याक्रोनले विद्यार्थीहरूको चिन्ता जायज भए पनि हिंसा स्वीकार्य नभएको बताएका छन्। सरकारले अवस्था नियन्त्रणका लागि आपत्कालीन बैठक बोलाएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...