Sunday 25th October 2026

मदिनामा आक्रमण गरेको साउदी अरबको आरोप, हुथीको अस्वीकार


साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिना सहरको एक विद्युत् वितरण केन्द्रमा ड्रोन आक्रमण गरे पनि उक्त आक्रमणबाट एक ट्रान्सफर्मरमा मात्रै क्षति पुगेको र विद्युत् सेवा प्रभावित नभएको बताइएको छ।

गठबन्धनका अनुसार उक्त केन्द्रबाट मस्जिद-ए-नबवी मा विद्युत् आपूर्ति हुने गर्छ। साउदी पक्षले मुस्लिमहरूको आस्था माथि प्रहार गर्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ।

तर हुथी पक्षले आरोप अस्वीकार गर्दै त्यसलाई झुटो भएको जनाएको छ।

यसैबीच यमनको ताइज क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच भीषण लडाइँ भएको छ। सरकारी सेनाले दर्जनौँ हुथी लडाकु मारिएको दाबी गरेको छ।

युद्धका कारण यमनमा विस्थापितको संख्या बढ्दै गएको छ। प्रभावितलाई सहयोग गर्न साउदी अरबले यमन सरकारलाई करिब ६ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने घोषणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...