Saturday 20th June 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन्। गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ। राष्ट्रपति सिरिसेनाले महिन्द्रा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका…

Image

तितोपाटी - चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेका छन्। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ…

Image

तितोपाटी - भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा…

Image

तितोपाटी - पपुआन्युगिनीमा विश्वका नेताहरूको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरू चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्टमोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१…

Image

तितोपाटी - पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले नै आदेश दिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले अनुमान गरेको छ। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या गरिएका पत्रकार खसोग्गीको हत्यामा युवराज सलमानकै हात रहेको भन्ने कुरामा अमेरिकी गुप्तर निकाय सिआइए निष्कर्षमा…

Image

तितोपाटी - अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागी भएको शनिबार नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भैसकेका छन्। अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

तितोपाटी - कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ । कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा…

Image

तितोपाटी - श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई  पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेनाद्वारा नियुक्त राजापाक्षलाई अश्विकार गरेको छ। सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका…

Image

तितोपाटी - अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्। डढेलोको कारण करिब दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएको अधिकारीहरुले जानकारी गराएका छन्। उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको…