Wednesday 28th October 2026

नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जना संक्रमित भइ २९८१ निको भए, थप ११ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् भने हाल सम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमितहरू काठमाडौंका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।

त्यसै गरि पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको जम्मा संख्या ८८७ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...