Saturday 17th October 2026

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २८२४ जना संक्रमित, ३६२० जना डिस्चार्ज, २३ जनाको मृत्यु


तीतोपाटी – नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् भने ३६२० जना डिस्चार्ज र २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार अपरान्हसम्म १ लाख ७३ हजार ५ सय ६७ जना संक्रमित भएकोमा १ लाख ३४ हजार ८ सय ४२जना निको भएका छन् भने ९ सय ६० को ज्यान गएको छ ।

हाल देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ छ भने हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३ सय ६६परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार २३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना रहेका छन् । परिक्षणको नतिजा अनुसार राजधानी काठमाडाैं उपत्यका उच्च जोखमको अबस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ कोरोना संक्रमित देखिएका छन् जस मध्ये काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित थपिएका छन् ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...