Friday 11th July 2025

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २८२४ जना संक्रमित, ३६२० जना डिस्चार्ज, २३ जनाको मृत्यु


तीतोपाटी – नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् भने ३६२० जना डिस्चार्ज र २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार अपरान्हसम्म १ लाख ७३ हजार ५ सय ६७ जना संक्रमित भएकोमा १ लाख ३४ हजार ८ सय ४२जना निको भएका छन् भने ९ सय ६० को ज्यान गएको छ ।

हाल देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ छ भने हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३ सय ६६परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार २३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना रहेका छन् । परिक्षणको नतिजा अनुसार राजधानी काठमाडाैं उपत्यका उच्च जोखमको अबस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ कोरोना संक्रमित देखिएका छन् जस मध्ये काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित थपिएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...