तितोपाटी - 'साहित्य सुधा नेपाल' इजरायलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीको समुपस्थितिमा इजरायलमा एक काव्य गोष्ठी सम्पन्न गरेको छ। उक्त काव्य गोष्ठीको लागि नेपालबाट कुलपति उप्रेती सहित प्राज्ञद्वय देवी नेपाल र अम्म जोशी इजरायल पुगेका थिए। साहित्य सुधा नेपालकी संस्थापक झापा निवासी हाल इजरायलमा कार्यरत मनीषा प्रसाईकाे संयोजनमा…
तोयानाथ उपेक्षित - प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत…
तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…
तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन् । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट…
तितोपाटी- बैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए । पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएकाे उनले…
तितोपाटी-रोजगारीमा जाने श्रमिकले बुझाउने रकम ईसेवामार्फत पनि भुक्तानी गर्ने पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईसेवाबीच विदेशिने श्रमिकले रकम ईसेवामार्फत बुझाउन पाउने विषयमा शुक्रबार सहमति भएको छ । विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको…
तितोपाटी-रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने काभ्रेपलान्चोक जिल्ला रोशि गाउँपालिका-३ फुटुङका गुनराज लामा पक्राउ परेका छन्। ९ जना युवाहरुबाट ६८ लाख १७ हजार रकम ठगी गरी फरार रहेका लामालाई अपराध अनुसन्धान महाशाखाको टोलिले बिहीबार पक्राउ गरेको हो। लामामाथि थप अनुसन्धानका लागि प्रहरी परीसर काठमाडौंमा पठाइएको महाशाखाका प्रहरी…
तितोपाटी-नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो । मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना…
काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका २४…
कास्की -गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले…
![]()