Tuesday 6th October 2026

इरान–इजरायल तनाव: क्षणिक विश्राम, तर पुनः युद्धको जोखिम कायम


इरान र इजरायलले हालै एकअर्कामाथि आक्रमण रोकेको बताएका छन्, तर दुबै पक्षले आवश्यक परे पुनः हमला गर्न तयारी रहेको संकेत दिएका छन्। नेतन्याहुले संघर्ष अझै समाप्त नभएको बताएका छन् भने इरानले पनि थप आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गर्दै शान्ति सम्झौता नजिक पुगेको दाबी गरेका छन्। होर्मुज जल घाँटी क्षेत्रमा अमेरिकी अमेरिकी हेलिकोप्टर दुर्घटना भएको छ भने चालक दल सुरक्षित रहेको बताइएको छ ।

यसैबीच, युद्धका क्रममा इरान, इजरायल र लेबनान सहित विभिन्न क्षेत्रमा आक्रमण, हताहती र क्षति जारी छ, जसले मध्यपूर्वको अवस्था अझ तनावपूर्ण बनाएको छ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...