Thursday 10th September 2026

युरोपको नाममा लाखौँ ठगी गर्ने लामा पक्राउ


तितोपाटी-रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने काभ्रेपलान्चोक जिल्ला रोशि गाउँपालिका-३ फुटुङका गुनराज लामा पक्राउ परेका छन्।

९ जना युवाहरुबाट ६८ लाख १७ हजार रकम ठगी गरी फरार रहेका लामालाई अपराध अनुसन्धान महाशाखाको टोलिले बिहीबार पक्राउ गरेको हो।

लामामाथि थप अनुसन्धानका लागि प्रहरी परीसर काठमाडौंमा पठाइएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।-नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

प्रतिकृयाहरू
...