Friday 23rd October 2026

युरोपको नाममा लाखौँ ठगी गर्ने लामा पक्राउ


तितोपाटी-रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने काभ्रेपलान्चोक जिल्ला रोशि गाउँपालिका-३ फुटुङका गुनराज लामा पक्राउ परेका छन्।

९ जना युवाहरुबाट ६८ लाख १७ हजार रकम ठगी गरी फरार रहेका लामालाई अपराध अनुसन्धान महाशाखाको टोलिले बिहीबार पक्राउ गरेको हो।

लामामाथि थप अनुसन्धानका लागि प्रहरी परीसर काठमाडौंमा पठाइएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।-नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...