Tuesday 11th August 2026

बेरुतमा फेरि इजरायली आक्रमण


बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै इजरायली वायुसेनाले बेरुतको दहियाह क्षेत्रमा रहेका हिजबुल्लाहका संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।

उनीहरूका अनुसार हिजबुल्लाहले इजरायली भूभागतर्फ गरेको आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो। “इजरायलले आफ्नो भूमिमाथि हुने कुनै पनि प्रकारको आक्रमण सहन गर्दैन,” संयुक्त वक्तव्यमा भनिएको छ।

इजरायली पक्षका अनुसार शनिबार बिहान हिजबुल्लाहले प्रक्षेपण गरेका तीन ड्रोन इजरायली क्षेत्रमा विस्फोट भएका थिए। त्यसलगत्तै इजरायली वायुसेनाले प्रतिआक्रमण गर्दै बेरुतको दक्षिणी क्षेत्रमा रहेका हिजबुल्लाहका लक्ष्यहरूमा प्रहार गरेको जनाएको छ।

दहियाह क्षेत्र हिजबुल्लाहको प्रमुख प्रभाव क्षेत्रका रूपमा चिनिन्छ। यसअघि पनि इजरायल र हिजबुल्लाहबीच तनाव चर्किँदा यही क्षेत्रमा पटक–पटक हवाई आक्रमण भएका थिए।

हालसम्म आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। घटनापछि क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ।

मध्यपूर्वमा इजरायल, हिजबुल्लाह र इरानसँग सम्बन्धित सुरक्षा चुनौतीहरू बढिरहेका बेला बेरुतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय परिस्थितिलाई थप जटिल बनाउने विश्लेषण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...