Wednesday 28th October 2026

वैदेशिक रोजगार विभाग र ईसेवाबीच सम्झौता


तितोपाटी-रोजगारीमा जाने श्रमिकले बुझाउने रकम ईसेवामार्फत पनि भुक्तानी गर्ने पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईसेवाबीच विदेशिने श्रमिकले रकम ईसेवामार्फत बुझाउन पाउने विषयमा शुक्रबार सहमति भएको छ ।

विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको रकम तिर्न सक्ने गरी सम्झौता गरिएको विभागले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले पैसा तिर्ने धेरैतिर धाउनुपर्ने बाध्यताको अन्त्यका लागि ईसेवासँग सहमति गरिएको विभागले जनाएको छ । हाल, दैनिक २ हजार विदेशी श्रमिकले वैदेशिक रोजगारीमा जानुअघि विभिन्न ठाँउमा पैसा बुझाउँदै आएका छन् । अब ईसेवामार्फत भुक्तानी गर्दा छिटो काम हुने विभागको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...