Wednesday 30th September 2026

कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो


तितोपाटी-नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी थप गरिएको छ ।‘कोरोना भाइरस’ नेपालमा पनि फैलनसक्ने जोखिम बढेपछि विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको हो ।

हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण शुरु गरेको थियो । यस भाइरसका कारण चीनमा हालसम्म २५ जनाको ज्यान गइसकेको छ ।

अहिले चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेका कारण यसको जोखिम बढ्न सक्ने भन्दै विमानस्थलको हेल्थ डेक्सलाई थप सक्रिय बनाइएको हो ।हाल कोरोनाभाइरस चीन, जापान, कोरिया, थाइल्यान्ड लगायतमका मुलुकमा फैलिएको छ ।-खबरहब बाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...