Thursday 29th October 2026

अमेरिका-इरान युद्ध चर्कियो, युद्दविराम संकटमा


अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले इरानका सैन्य, निगरानी र रडार स्थलहरूमा आक्रमण गर्दा इरानले क्षेत्रका अमेरिकी आधारहरूमा मिसाइल प्रहार गरेको छ।

बहराइन, कुवेत र जोर्डनजस्ता देशहरू प्रभावित भएका छन्, केही क्षेत्रमा हवाई खतरा र सुरक्षा सतर्कता बढाइएको छ। हर्मुज जलडमरूमध्यसम्बन्धी दाबी–प्रतिकदम बीच तेलको मूल्य समेत बढेको छ।

दुवै पक्षले कडा चेतावनी दिएका छन्, वार्ता प्रक्रिया ठप्प छ, र तनाव बढ्दै गइरहेको छ। संयुक्त राष्ट्रसंघले स्थिति गम्भीर बन्दै गएको भन्दै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ लाग्न आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...